हेटौँडा, २४ माघ । ८ फ्रेबुअरी अर्थात् प्रपोज डे । विस्तारै नेपाली समुदाय पनि पश्चिमा संस्कृतिको फलोअर भइरहेका छन् । प्रपोज डे, तपाईं आफ्नो पत्नी या प्रेमिकालाई के प्रस्ताव गर्दै हुनुहुन्छ ? गर्नुहोस् केही यस्ता प्रस्ताव । जसले तपाईंको मायालाई अरु प्रगाढ बनाउने छ । यस्तो प्रस्ताव मायामा रिजेक्ट हुनै सक्दैन ।

रोमान्टिक प्रपोज
आज तपाईं प्रेमिका या पत्नीलाई जस्तोसुकै प्रपोज गर्नुहोस् । तर तपाईंको मान्छे तपाईं आज धेरै नै रोमान्टिक भएको देख्न चाहन्छिन् । त्यसैले अनुहारमा चमक, प्रेमिकालाई प्रभाव पार्न आजसम्म गरिएका अनेक हाउभाउ भन्दा फरक ढंगले रोमान्टिक हुँदै प्रस्ताव गर्नुहोस् । यो नै तपाईंको पहिलो शर्त हुनेछ ।

गन्तव्य
तपाईंकी प्रेमिका या पत्नीले कहिलेकाहीँ भनेको कुनै ठाउँ याद छ ? कोरोनाको कहर छ, तै पनि मापदण्ड अपनाएर कतै घुम्न जाने प्रस्ताव गर्नुहोस् । ‘मलाइ यहाँ जान मन थियो,’ विगतमा प्रेमिकाले सुनाएको कुनै ठाउँ भए आज लैजानुहोस् ।

प्रेमपत्र
यद्यपि अचेल प्रेमपत्र लेख्ने चलन पुरानो भएको छ । तर आजको दिन यस्तो एउटा प्रेमपत्र लेख्नुहोस् । तपाईंलाई मनमा लागेका सारा कुरा भन्न मन छ भने प्रेमपत्रमा लेखेर दिनुहोस् ता कि तपाईंको मान्छेले तपाईंको सपना थाहा पाउन् । साथ दिउन् ।

यादहरु दिलाउनुहोस्
तपाईंको प्रेमिकासँग पछिल्लोपटकका सम्झनाहरु के के छन् ? ती सबै सम्झनाहरुको एउटा संग्रह गर्नुहोस् । अनि ती पलहरु, तस्बिरहरु, उपहारहरुको सम्झना गराउने एउटा यादगार उपहार के हुन सक्छ ? त्यो दिनुहोस् ।

डिनरमा लैजानुहोस्
घर बस्दाबस्दा दिक्क भएका छौँ । आज मौका मिले साँझ डिनरमा कतै प्रेमिका या पत्नीलाई लैजानुहोस् । मन परेको खाना खुवाउनुहोस् ।

अनलाइनमा प्रस्ताव
टाढा हुनुहुन्छ, भेट हुन कठिन छ ? उसो भए अनलाइनमा अनेक प्रस्ताव राख्न सक्नुहुन्छ । फूलहरु राखेर, प्रेमिल शब्दहरु लेखेर तपाईं आफ्ना प्रेमिकालाई अनलाइनमार्फत भए पनि सम्झनुहोस् ।

कोरोनाको डर छ, तर संसार मायामै टिकेको छ । तपाईंको प्रेमिल सप्ताह र प्रपोज डे सम्झना योग्य रहोस् ।(एजेन्सीको सहयोगमा) तस्बिरः टाइम्स अफ इन्डिया