हेटौँडा, २४ माघ । मान्छे न हो, अनेक सनक, रहर, आदत र हुलियाले समाजमा अलग देखिन, चिनिन चाहन्छ । यस्तै भएको छ अमेरिकामा पनि ।

२४ वर्षी मोडल कजुमी स्क्वीर्टस्ले आफ्ना पार्टनरसँग ‘माइल हाइ क्लब’ सदस्य बन्ने रहरमा विमान भाडामा लिएर आकाशमै हनिमुन मनाएकी छिन् ।

डेली स्टारका अनुसार, कजुमीले विमान भाडामा लिएर गरेको यो मनोरञ्जनको भिडियोसमेत खिचेकी छिन् । हजारौँ फिट उचाइमा गरिएको मनोरञ्जनलाई मिडियाहरुले आठौँ आश्चर्य जसरी प्रचार गरेका छन् ।

कजुमीले आफ्ना पार्टनरसँग ४५ मिनेट हावामा सम्बन्ध राखेकी थिइन् र यसका लागि विमान कम्पनीलाई भाडावापत नेपाली रुपैयाँ १ लाख १८ हजार तिरेकी थिइन् । उनीले यो सम्बन्ध यादगार रहेको बताएकी छन् ।

अमेरिकामा लब क्लाउड नाम विमान कम्पनीले यस्ता मायालु जोडीलाई विमान भाडामा दिने गरेको छ । (एजेन्सीको सहयोगमा)