हेटौँडा, ४ माघ । मकवानपुरमा कोरोना भाइरस संक्रमितको संख्या तिब्र रुपले बढेसंगै जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गरेको छ । प्रशासन कार्यालयले सोमबार जारी गरेको आदेशमा कुनै पनि भेला, जुलुस,आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेशमा घरबाहिर निस्कनुपर्दा अनिवार्य रुपमा मास्क लगाउने, भोतिक दुरी कायम गर्ने गराउने, गोष्टि, सेमिनार, बैठक जस्ता कार्य भर्चुअल माध्यमबाट संचालन गराउने उल्लेख छ ।
यस्तै सिनेमा हल, डान्सबार, दोहोरी, पिकनिक स्थल, जिम हल, स्वीमीङ् पूल लगाएत माघ १५ सम्म बन्द गर्न आदेशमा भनिएको छ । यसैगरि स्कुल, कलेज, ट्युसन सेन्टर, तालिम आदि माघ १५ सम्म बन्द गर्न गराउन भनिएको छ । मकवानपुरमा अहिले सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेश यस्तो छ ।
