हेटौंडा, २९ जेठ । हरेक वर्ष ग्रहण लाग्ने गर्छ । कहिले सूर्यग्रहण त कहिले चन्द्रग्रहण । कति ग्रहण हामीले नाङ्गो आँखाले देख्न सक्छौँ त कति ग्रहण देख्न सक्दैनौँ । नेपालबाट नदेखिएका ग्रहण अन्य देशबाट भने देखिन्छ र अन्य देशबाट नदेखिएका ग्रहण नेपालबाट देख्न सकिन्छ । कति ग्रहण यस्ता पनि हुन्छन्, विश्वका सबै देशबाट पनि देख्न सकिँदैन । विभिन्न यन्त्रको सहयोगमा मात्र देख्न सकिन्छ ।

कति ग्रहण मानिसलाई लाभदायी हुने गर्दछ भने कति हानिकारक पनि हुने गर्दछ । यहाँहरुलाई थाहै छ, १२ राशि र २७ नक्षेत्र हुन्छन् । जुन दिन ग्रहण लाग्ने गर्दछ । सो राशि र ग्रहगोचरका कारणलाई हेर्दै ग्रहणलाई पनि शुभ र अशुभका रुपमा लिने गरिन्छ । यो त भयो धार्मिक आस्थाअनुसारको विषय । ग्रहणले कुनै न कुनै विषयलाई असर पार्छ भन्ने धार्मिक मान्यता छ । सूर्य ग्रहणलाई अनिष्टताको संज्ञा पनि दिएको छ । विश्वका प्रसिद्ध ग्रहणबारे चर्चा गर्नेछौँ । जुन विभिन्न समयमा लागेका थिए र यसले सकारात्मक या नकारात्मक प्रभाव पारेका थिए ।

ग्रहण भनेको के हो ?
ग्रहण भनेको अर्को बस्तुले अर्को बस्तु वा ग्रहलाई छेक्नु हो । सूर्यलाई चन्द्रमाले छेक्दा देखिने कालो भागलाई सामान्य अर्थमा ग्रहण लागेको भनिन्छ । अर्थात् छोपिएपछिको प्रकाश अवस्थालाई ग्रहण लागेको भन्ने गरिन्छ ।

सूर्य ग्रहणमा चन्द्रमाले केही समय सूर्यलाई पूरै ढाकी कालो बनाइदिन्छ । सूर्य ग्रहणमा चन्द्रमाको छाया पृथ्वीमा घुम्दछ । यो क्रम कुनै बेला थोरै समय हुने गर्दछ भने कुनै बेला घण्टौँ पनि हुने गर्दछ । यसलाई मानिसहरु विभिन्न आस्थाका साथ विभिन्न आँकलनसमेत गर्दछन् । चमत्कार, भगवान रिसाउनु या ठूलाबडाको वंश नाश वा अनिष्टताका रुपमा पनि लिने गरिन्छ । सिरिया देहमा एक प्राचीन माटोको डल्लामा लेखिएको अक्षरले प्राचीन शहरमा सम्पूर्ण सूर्य ग्रहणको जानकारी रहेको भन्ने इतिहास पनि उल्लेख छ ।

सन १९४८ मा खोजिएको माटोको डल्लोको विषयको इतिहासअनुसार, युगारिट ग्रहणले ३ मे १३७५ इसापूर्वमा २ मिनेट ७ सेकेन्डका लागि आकाश नै अन्धकार बनाएको पत्ता लागेको थियो । योबारे विस्तृतमा सन १९८९ मा छापिएको एक अखबारमा उल्लेख छ । अखबारका अनुसार, ग्रहण ५ मार्च १२२३ इसापूर्वमा लागेको थियो ।

इसापूर्व ७६३ मा सूर्य ग्रहण असिरियन साम्राज्य जसलाई इराकले नियन्त्रण वा कब्जामा लिएको थियो । यसै बेला चन्द्रमाले सूर्यलाई ५ मिनेट पूरै तरिकाले ग्रहण लगाएको इतिहास छ । र, यसैबेलादेखि ग्रहणबारे खोजी र उल्लेख हुन थालेको बताइन्छ ।

इसापूर्व १३०२ मा चिनिया इतिहासकारले लेखेको एक महाकाव्यमा ग्रहणबारे दस्तावेजीकरण गरेक थिए । महाकाव्यमा भनिएको थियो, चन्द्रमाले ६ मिनेट २५ सेकेन्ड सूर्यलाई ढाकेको थियो । इसाइ दस्तावेजअनुसार, साल २९ मा यशुलाई सुलीमा चढाएपछि सूर्य ग्रहणका कारण आकाशमा अधेरो छाएको भनिएको छ । धार्मिक हिसाबले ग्रहणलाई यसरी विभिन्न तवरले उल्लेख गरिएको छ कि ग्रहण लाग्नु अनिष्टताको संकेत हो ।

इतिहासकारहरुले यसलाई चमत्कार पनि भनेका छन् र ग्रहणकै आधारमा इसाको मृत्युलाई संकेत गर्दै खगोल विज्ञानको उपयोग भएको पनि उल्लेख गरिएको छ । यशुलाई सुलीमा चढाइने घटनाक्रम अर्थात् १ मिनेट ५९ सेकेन्ड लागेको सूर्यग्रहणसँग पनि जोडेर चर्चा गरिएको छ । अर्कातर्फ इतिहासकार नै भन्छन्, त्यतिखेर ४ मिनेट ६ सेकेन्ड सूर्य पूरै छोपिएको थियो ।

यस्तै, मुस्लिम धार्मिकग्रन्थ कुरानमा एउटा ग्रहणबारे भनिएको छ, ‘पैगम्बर मोहमदको जन्मभन्दा पहिले इतिहासकारहरुलाई लागेको थियो कि इसापूर्व ५ सय ६९ वर्ष पहिले ३ मिनेट १७ सेकेन्डसम्म सूर्यग्रहण लागेको थियो ।’ मोहमदका छोरा इब्राहिमको मृत्युपछि पनि १ मिनेट ४० सेकेन्ड ग्रहण लागेको उल्लेख छ । इस्लामिक ग्रन्थअनुसार पनि सूर्य र चन्द्रमामा देखिने ग्रहण कसैको जीवन या मरणमा धेर थोर अर्थ राख्दछन् भन्ने मान्यता राखेको पाइन्छ ।
इंग्ल्यान्डका राजाको छोरा विलियम द कान्करको मृत्यु इस्वी सन ११३३ मा हुदा पनि सूर्यग्रहण लागेको थियो । ४ मिनेट ३८ सेकेन्ड लागेको ग्रहणलाई ‘हिस्टोरिया नोबेल्ला’मा ‘विलियम अफ माल्म्सवरी’मा घृणित अन्धकार लेखिएको छ ।

सन २०१७ मा अमेरिकामा देखिएको ठूलो सूर्य गहणका कारण १ सय १० किलोमिटर छाया परेको थियो । यो बेला ग्रहणको अधिकांश बाटो पानी र मानिस बसोबास गर्ने क्षेत्रमा परेको थियो । ‘स्पेस डटकम टोटल सोलर एक्लिप्स–२०१७’का अनुसार यो घटना पहिलो सूर्य ग्रहण भन्दा फरक थियो ।

वैज्ञानिकहरुले सन १९१९ को सूर्य ग्रहणलाई विज्ञानको विजयका रुपमा लिएका थिए । १९१९ मा लागेको सूर्य ग्रहण ६ मिनेट ५१ सेकेन्डको थियो । यो बेला सूर्य देखिएको थिएन । वैज्ञानिकहरुले सूर्यको नजिकैबाट जाने ताराका प्रकाशको आधारमा यसको मापन गरेका थिए यसको आधारमा आइस्टिनको सामान्य सापेक्षताको सिद्धान्तलाई पुष्टि गरेको छ । (एजेन्सीहरुको सहयोगमा)