हेटौँडा, ३ फागुन । रसुवामा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

गएराति जिल्लाको कालिका गाउँपालिका-२ काभ्रेटोल गाउँमा गाई काट्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय ४४ वर्षीय मुरली बुलुन, गुम्बाटोल बस्ने ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्वा रहेका छन् ।

प्रहरीका अनुसार घटनास्थलबाट गाईको मासु र हतियार बन्चरो १, खुकुरी २ थान बरामद गरिएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।