हेटौंडा, २६ माघ । चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्य रहेका चलचित्रकर्मी सुशान्त कुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले आफ्नो कार्य व्यस्तता र निजि समस्याका कारण राजीनामा दिएको बताएका छन् ।

उनले आफूलाई योग्य सम्झेर नियुक्ति गर्ने विकास बोर्डलाई धन्यवाद दिएका छन् । श्रेष्ठले आफ्नो कार्यकालमा साथ, सहयोग र हौसला दिनेहरुप्रति आभार प्रकट गरेका छन् ।

यसअघि समितिका सदस्य रविन्द्र खड्काले पनि समितिबाट राजीनामा दिएका थिए ।