हेटौँडा, २३ माघ । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवान नेपालमा आएर क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । नेपाली टीमलाई राखिएको होटलमा सन्दीपलाई भेट्न रिजवान आइतबार नेपाल आएका थिए ।

सन्दीपलाई रिजवानले आइतबार नै भेटेर हौसला प्रदान गरेका छन् । सन्दीपलाई हौसला र मनोबल बढाउन नै पाकिस्तानबाट नेपाल आइपुगेको बुझिएको छ ।

पाकिस्तानी लिगमा खेल्दा रिजवानसँग सन्दीपको सम्बन्ध राम्रो भएको थियो । रिजवान अहिले टी-२० क्रिकेटमा सर्वाधिक सफल ब्याटरमा पर्छन् ।