हेटौंडा, १५ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा हेटौंडाका एकजनाको मृत्यु भएको छ ।शनिबार पुनर्वास नगरपालीका-५ सिम्रीस्थित धनगढि९बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका-१ का ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका रिमालको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते भएका सिन्धुलि नगरपालिका-११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका-४ का २२ वर्षीय शुशिल बुढाथोकिको मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनकारी दिएको छ ।