हेटौँडा, १० माघ । बागमती प्रदेशमा मन्त्रालयको संख्या घटेको छ । मन्त्रालय मर्जको विषयमा निर्माण भएको कार्यदलले आज सरकारलाई ११ मन्त्रालय हुनेगरि प्रतिवेदन बुझाएको छ । अब बागमतीमा ११ वटा मन्त्रालय कायम हुने भएको हो । पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेल पदभार ग्रहण गरेको दिननै मुख्यमन्त्री कार्यालयका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल निर्माण गरेको थियो ।
कार्यदलले आज मुख्यमन्त्री जम्कट्टेललाई प्रतिवेदन बुझाउँदै कुल सांसदको १० प्रतिशत मन्त्रालय हुने गरी ११ मन्त्रालय हुने गरि प्रतिवेदन तयार पारिएको बताएका छन् ।
प्रतिवेदन बुझदै मुख्यमन्त्री जम्कट्टेलले कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेर आजै हुने मन्त्रीपरिषदको बैठकबाट पारित गरिने बताए । उनले ११ मन्त्रालयको प्रस्ताव वैज्ञानिक रहेको बताए ।
यस्तो छ बागमती प्रदेशका ११ मन्त्रालयको सूचि
१. मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
२. आन्तरिक मामिला तथा कानुन मन्त्रालय
३. आर्थिक मामिला तथा योजना मन्त्रालय
४. वन तथा वातावरण मन्त्रालय
५. पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
६. खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय
७. भौतिक पूर्वाधार विकास मन्त्रालय
८. कृषि तथा पशुपन्छी विकास मन्त्रालय
९. श्रम रोजगार तथा यातायात मन्त्रालय
१०. स्वास्थ्य मन्त्रालय
११. सामजिक विकास मन्त्रालय