हेटौँडा, १० माघ । कलंकीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

बिहान ६ः४५ बजेको समयमा अन्डर पास नजिकै बा.प्र ०२–०४ प ७८३४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पैदलयात्री १५ वर्षीया कृष्णा तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदलयात्री पनि घाइते भएका छन् । उनको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् । उक्त घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।