हेटौँडा, ६ माघ । अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी-२’ मा अभिनेत्रीको रुपमा आना शर्मा अनुबन्धित भएकी छन् । करिब ८ वर्ष अगाडि अभिनेता केसीकै जोडीको रुपमा ‘जेरी’बाट अभिनयमा भित्रिएकी आना फेरि सँगै पर्दामा देखिने भएको छन् ।

अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी-२’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्ने बताइएको छ । अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसनसमेत आह्वान गरेको छ । एक महिनापछि छायाकंन सुरु हुने फिल्मका लागि अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लोकेशनका लागि तय गरिएको हो ।