हेटौँडा, ३० पुस । मकवानपुर क्योकुशिन कराते संघ (बालकुमारी आइकेओ युनियन) उपशाखा बनस्पति डोजोको आयोजनामा प्रथम जिल्लास्तरीय फुलकन्ट्रयाक्ट क्योकुशिन कराते प्रतियोगिता भएको छ । प्रतियोगितामा जिल्लाका ७० खेलाडी सहभागी भएका थिए ।
प्रतियोगितामा पुरुषतर्फ ३५ किलो तौल समूहमा समीर विश्वकर्मा प्रथम, अनमोल छुमी द्वितीय, रिदम राना मगर र असिम खड्का तृतीय भएका थिए ।

यस्तै, पुरुष ५० केजी तौल समूहमा रोहित थापा प्रथम, नर्गिस बुढामगर द्वितीय, दीपेन्द्र गोले र शिशिर मगर तृतीय भएका छन् ।

महिला ३५ केजी समूहको खेलमा प्रनिषा भोलन प्रथम, बिमला मोक्तान द्वितीय, युना आलेमगर र स्वरुपा गुरागाँई तृतीय भएका छन् ।
महिला ४० केजी समूहमा एलिषा अछामी प्रथम, विष्णुमाया बल द्वित्रीय र अनिता राई र सनशिला मगर तृतीय भएका छन् ।

यस्तै, ४५ केजी समूहमा रुबी भोलन प्रथम, रेश्मा थापा द्वितीय, आयुषा राना प्रजा र छोईसाङ्ग मोक्तान तृतीय भएका छन् ।
५० केजी समूहमा प्रार्थना लोप्चन प्रथम, आरती लोप्चन द्वितीय, जेनिसा घले र सितल लामा तृतीय भएका छन् ।
प्रतियोगितामा विष्णु श्रेष्ठ, बुद्धिनाथ न्यौपाने, रामशरण धिताल, ल्वाङ दोर्जे लामा, सुसन श्रेष्ठ, सीता श्रेष्ठ, सुमन कर्माचार्य, सुजाता भुजेल र सुदर्शन खतिवडा निर्णायक हुनुहुन्थ्यो भने मुख्य रेफ्री कृष्ण सुवेदी हुनुहुन्थ्यो ।

वनस्पति उपशाखा अध्यक्ष अशोक डिमडुङ्गको अध्यक्षतामा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई हेटौँडाका उपमेयर राजेश बानियाँले पुरस्कार, प्रमाणपत्र र पदक वितरण गर्नु भएको थियो । कार्यक्रममा वडाध्यक्ष पेम्बा लामा, भीमसेन कार्की, भेष खड्गी, सुरेन्द्र डङ्गोल, विकास महर्जन, सानू लामाको आतिथ्यता रहेको थियो ।