हेटौंडा, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरको संगठन विस्तार तथा जनपरिचालन अभियान शुरु भएको छ ।
पार्टी केन्द्रीय निर्देशनअनुसार जिल्लाका सबै पालिका र वडामा संगठन विस्तार तथा जनपरिचालन अभियान शुरु गरिएको पार्टीले जनाएको छ । शुक्रबार हेटौंडामा भएको जिल्ला कमिटी बैठकले दशवटै पालिकामा संगठन विस्तारको कामलाई अघि बढाउन जिम्मेवारी तोकिएको छ ।
पार्टीले संगठन सुदृढिकरण अभियानलाई माघदेखि चैतसम्म सञ्चालन गर्न जिल्ला कमिटिका उपसचिब किशोर टण्डन र कबिन पन्तको टोलीलाई निर्वाचन क्षेत्र नम्बर १ मा तथा उपसचिव बेगम बराल र किरणमान बलको टोलीलाई निर्वाचन क्षेत्र नम्बर २ को जिम्मेवारी दिँदै संगठन विस्तार तथा जनपरिचालनको जिम्मेवारी दिएको छ ।
बैठकले जिल्लामा रहेका दश पालिका तथा जनसंगठनमा अभियानलाई सञ्चालन गर्न संयोजक तथा सदस्यहरु तोकेको छ । पार्टीले अभियानलाई पालिकामा लैजान बागमतीमा नारायण तिमल्सिना, बकैयामा कबिन पन्त, मकवानपुर गढीमा कृष्णबहादुर राई, ईन्द्रसरोवरमा ध्रुर्वबहादुर भुजेल, थाहा नगरपालिकामा किरणमान बल, भीमफेदीमा किशोर टण्डन, कैलाशमा रामकुमार एलन, राक्सिराङ र मनहरीमा भूमिनन्द अर्याल र हेटौंडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष बिष्णुप्रसाद दाहाल संयोजक रहेको टोली परिचालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै जनवर्गीय संगठनतर्फ युवा संघमा माधव तिमल्सिना, विद्यार्थीमा अरुण बर्तौला, अनेमसंघमा बेगम बराल, जनसास्कृतिक मञ्चमा शान्ति प्रियवन्दनालाई जिम्मेवारी तोकिएको नेकपा एस मकवानपुरका सचिब ध्रुर्वबहादुर भुजेलले जानकारी दिनु भयो । जिम्मेवारी प्राप्त संयोजक तथा निर्वाचन क्षेत्र नम्बरको जिम्मेवारी पाएकाले गरेको पार्टीको संगठन विस्तार तथा जनपरिचालनको कामको अनुगमन तथा आवश्यक सहजीकरण पार्टीका स्थायी कमिटी सदस्य तथा जिल्ला इञ्चार्ज ललितबहादुर बस्नेतसहितको टोलीले गर्नेछ ।
पार्टीका जिल्ला अध्यक्ष बिष्णुप्रसाद दाहालको अध्यक्षतामा भएको बैठकमा नेकपा एसका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, स्थायी कमिटी सदस्य तथा प्रदेश अध्यक्ष साबित्रा भूषाल, स्थायी कमिटी सदस्य बिरोध खतिवडा, स्थायी कमिटी सदस्य तथा जिल्ला इञ्चार्ज ललितबहादुर बस्नेत, केन्द्रीय सदस्य मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, केन्द्रीय परिषद सदस्य मिनाकुमारी लामाले संगठन विस्तार गर्दै पार्टीलाई सुदृढ बनाउन सबै तहबाट लाग्न आग्रह गर्नु भएको थियो ।