हेटौँडा, २५ पुस । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन भएका छन् ।

सोमबार हेटौंडामा सम्पन्न १३ औं वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि खड्काको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।

संघको उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम र कोषाध्यक्षमा मनोज देवकोटा चयन भएका छन् । त्यस्तै सहसचिवमा दीपेश दाहाल, सदस्यमा दर्शन क्षेत्री, मञ्जु मैनाली, सन्नु रिजाल र प्रवेश धिताल चयन भएका छन् ।