हेटौँडा, २१ पुस । मीन पचासको जाडो अर्थात् पुसको ठण्डीले सबै प्रताडित छन् । सबैलाई जाडो लाग्ने नै भयो । तर सहनै नसक्ने अत्यन्त कठिन जाडो चैँ किन हुन्छ, केही स्वास्थ्य टिप्स छन् । तपाईंसँग पनि मिल्न जान्छ कि, समय लिएर गम्भीरसँग पढ्नुहोला । किनकी हामी तपाईंको स्वास्थ्यप्रति चिन्तित छौँ ।

१. आइरनको कमीः तपाईंको रक्तकोषिकामा आइरनको महत्वपूर्ण हिस्सा रहन्छ । अक्सिजन लिन पनि रक्तकोषिका राम्रोसँग सञ्चालन हुनु पर्छ । आइरनको कमजोरीले रक्तकोषिका सञ्चालनमा समस्या हुँदा शरीरमा अक्सिजन सबैतिर सर्कुलेसन हुन सक्दैन र चिसोमा अत्यधिक जाडो महसुस हुने गर्दछ । रक्तसञ्चारमा समस्यासँगै आइरन कमी हुँदा थाइराइडमा पनि समस्या पर्छ, शरीर पूर्णरुपमा तात्न पाउँदैन ।

२. भिटामिन बी १२ को कमीः शरीरमा भिटामिन बी १२ कमी हुँदा रक्तकोषिका निर्माणमा असर पर्छ र ज्यादा ठण्डा महसुस हुने गर्दछ ।

३. रक्तसञ्चारमा समस्याः हात र खुट्टामा धेरै चिसो महसुस हुनुमा रक्तसञ्चारमा समस्या नै हो । धमनी संकुचित भएर रक्तसञ्चारमा समस्या आए शरीरको अंगमा रक्तप्रवाह कम हुँदै ज्यादा चिसो महसुस हुन्छ ।

४. निद्रा पुगेन किः अध्ययनहरुले यो पनि बताएको छ कि, जसको निद्रा बिग्रेको छ, या पूरा भएको छैन, उसको नशा प्रणाली र मष्तिष्क सञ्चालनमा प्रभाव पार्दछ र ज्यादा चिसो महसुस हुनुमा शरीरको तापक्रम नै तलमाथि भएको हुन्छ ।

५. दुब्लोपनाः कम वजन हुने मानिसमा मांसपेशी कम हुँदा तापक्रम स्थिर राख्न समस्या पर्दछ । जति मांशपेसी या मासुको भाग बढ्छ, उति शरीरमा तापक्रम उत्पादन हुने भएकाले दुब्लोपना भएकालाई जाडो ज्यादा महसुस हुन्छ ।

७. महिलालाई नै समस्याः अध्ययनहरुले यो पनि देखाएको छ कि, पुरुषको तुलनामा महिलामा जाडो बढी हुन्छ । यसको कारण हो एस्ट्रोजन । महिनावारी हुँदा शरीरमा एस्ट्रोजनको लेभल बढ्ने हुने ज्यादा जाडो महसुस हुने गर्दछ ।

६. गर्भावस्थाः गर्भावस्थामा रहेका महिलामा एनिमिया कमी हुन्छ, रक्तसञ्चार प्रक्रिया अनियमित हुनजान्छ र जाडो बढी महसुस हुने गर्दछ ।

८. सुख्खापनः जाडोमा हामी पानी कम पिउँछौँ । शरीरले तापक्रम स्थिर राख्न खोज्छ तर शरीरमा सुख्खापन बढ्न जान्छ । शरीरको तापक्रम कम हुन जान्छ र जाडो बढी महसुस हुने गर्दछ ।

९. तनावः जब तपाईं जाडोसँगै तनाव खेपिरहनु भएको हुन्छ नि, तपाईंको मष्तिष्कको त्यो भाग जसले शरीर रक्षा गर्ने र खतरामुक्त राख्ने प्रयास गरिरहेको हुन्छ । त्यो अंग सक्रिय हुन्छ र रिजर्भ शक्ति खर्च हुन्छ अनि तपाईंको शरीर तपाईंलाई शान्त पार्न खोजिरहँदा रक्तसञ्चारमै समस्या आउँछ र जाडो महसुस हुने गर्दछ । (एजेन्सीको सहयोगमा)