हेटौँडा, १४ पुस । चौथो संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता पुस २६ देखि पालुङको इन्द्रायणी चौर खेलमैदानमा हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको जन्मोत्सव पारेर रुदानेकै स्मृतिमा हरेक वर्ष पुस २६ मा आयोजना हुदै आइरहेको छ ।

चौथो संस्करणमा १६ टिमको सहभागिता रहने आयोजकको अनुमान छ । १० दिन सम्म चल्ने प्रतियोगिताको लागि टिम दर्ता गर्न आव्ह्वान गर्दै आयोजकले दर्ता शुल्क प्रति टिम १२ हजार रुपैयाँ र कार्ड डिपोजिट ३ हजार रुपैयाँ तोकेको छ ।

पुरस्कार राशि नगद २ लाख रुपैयाँ रहेको छ । उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । शिल्ड, प्रमाणपत्र तथा मेडलसहित प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषणा तथा विधागत उत्कृष्ट खेलाडीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । फाइल फोटो ।