बेइजिङ, ११ पुस । चीनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा बधाइ दिएको छ ।

सोमबार बेइजिङमा आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता माओ निङले नेपालको आम निर्वाचन सहज रुपमा सम्पन्न भएकोमा ध्यानाकर्षण गर्दै नेपाल सरकारको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकामा प्रचण्डलाई बधाई दिनु भएको हो ।

उहाँले भन्नु भयो, ‘चीनले नेपालको निर्वाचनमा ध्यान दिइरहेको थियो र प्रचण्ड प्रधानमन्त्त्रीमा नियुक्त भएकोमा बधाइ ज्ञापन गर्दछ ।’