हेटौँडा, ८ पुस । नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड र अस्मिता परियारको स्वर रहेको ‘यही कुरा साँचो हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
खुस्बु र प्रिन्स विश्वकर्मा फिचर्ड म्युजिक भिडियोमा दुई जनाको प्रेम भाव देख्न सकिन्छ । काठमाडौंमा सार्वजनिक गरिएको गीतमा माधव तिम्सिनाको शब्द छ भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीको रहेको छ ।

‘गीत झैँ भिडियो राम्रो बनाउने कोसिश गरेका छौँ । गीतको भाव अनुसार भिडियोमा प्रस्तुत भएकी हुँ,’ अभिनेत्री खड्काले भनिन् । भिडियोमा रामकुमार केसीको छायांकन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ ।