हेटौँडा, २९ मंसिर । माझी समुदायमा ‘माझी किङ’ का रुपमा परिचित गायक यमन माझीको ‘यो माया भन्ने के होला’ बोलको गीत सार्वजानिक भएको छ ।

माझी समुदायमा चिरपरिचित उनी एक सक्रिय गायक एवम् नायक हुन । गीतमा यमनको शब्द, संगीत र स्वर रहेको छ। लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिवेशमा रेकर्ड गरिएको छ ।

म्युजिक भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् । भिडियोमा नायक अर्जुन खड्का र सन्जु भट्टराईंको अभिनय रहेको छ ।