हेटौँडा, ८ मंसिर । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा एमालेका युवा नेता नेता महेशकुमार बर्तौला विजयी हुनु भएको छ ।

नेकपा एमालेका बागमती प्रदेशका उपसचिवसमेत रहेका बर्तौलाले ३४ हजार ९ सय १६ मत प्राप्त गर्नु भएको छ ।

नेकपा एमालेका युवा नेता बर्तौलाले सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका उम्मेदवार बिरोध खतिवडालाई पराजित गर्नु भएको हो । खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्नु भएको छ ।