हेटौँडा, ८ मंसिर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ क मा लोकतान्त्रिक बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तु निर्वाचित हुनु भएको छ ।

पुलामी ४ हजार २ सय ८७ मत अन्तरका साथ निर्वाचित हुनु भएको हो । उहाँले १९ हजार ७ सय १९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ३ सय ३२ मत प्राप्त गगर्नु भएको छ ।