हेटौँडा, ७ मंसिर । मकवानपुर २ क मा गठबन्धन उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान विजयी हुनु भएको छ । मुक्तान ३ सय २२ मतान्तरले विजयी हुनु भएको हो ।

मुक्तानले १९ हजार ८ सय ७३ मत ल्याउँदा ढकालले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका विष्णु प्रसाद ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गर्नु भएको छ । मोक्तान यसअघि पनि प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । मोक्तान बागमती प्रदेशका सामाजिक विकास मन्त्री हुनहुन्छ ।