हेटौँडा, ७ मंसिर । मकवानपुर क्षेत्र नम्बर–१ को ख मा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ विजयी हुनुभएको छ । एमाले मकवानपुर अध्यक्ष समेत रहनु भएका श्रेष्ठले गठवन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई पराजित गर्नु भएको हो ।

श्रेष्ठले १४ हजार २ सय २५ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार पराजुलीले १३ हजार ३ सय ५४ मत प्राप्त गर्नु भएको छ ।