हेटौँडा, ७ मंसिर । मकवानपुर क्षेत्र नम्बर–२ ख मा गठबन्धनका उम्मेद्वार ईन्द्रबहादुर बानियाँ विजयी हुनु भएको छ ।

नेपाली कांग्रेसका बागमती प्रदेश सभापति समेत रहनु भएका बानियाँले एमाले मकवानपुरका उपाध्यक्ष लालबहादुर थापालाई पराजित गर्नु भएको हो ।

बानियाँ १८ हजार ७ सय १६ मत ल्याउनु भयो भने थापाले १६ हजार ९ सय ३४ मत ल्याउनु भएको थियो ।

बानियाँ २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट १९ हजार २ सय ४५ मतका साथ निर्वाचित भएका थिए ।