हेटौँडा, ५ मंसिर । मकवानपुर २ को पहिलो मतगणना परिणाममा झिनो मत गठबन्धन पछाडि परेको छ ।

२ हजार ३ सय ८५ मत गणना हुँदा एमालेका महेश बर्तौलाले ८ सय ४९ मत पाउनु भएको छ । गठबन्धनका उम्मेदवार विरोध खतिवडाको मत ८२६ रहेको छ ।

यस्तै, रास्वपाका भरत पराजुलीले ४ सय ६९ मत पाउनु हुँदा राप्रपाका राजन मैनालीले २७ त पाउनु भएको छ । १ सय ५ मत बदर भएको छ ।