हेटौँडा, ५ मंसिर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १को प्रारम्भिक मतपरिणाममा गठबन्धनको मत दोब्बर देखिएको छ ।

प्रारम्भिक मतपरिणाममा गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले अग्रता लिनु भएको हो । १ हजार ३ सय ३५ मत गन्दा एमालेका उम्मेदवार कमल थापाले ३५० मत प्राप्त गर्नुहुँदा कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ७ सय ८६ मत पाउनु भएको हो । राप्रपा उम्मेदवार दीपकबहादुर सिंहको ५० मत आएको छ । यस्तै, रास्वपाको २७, हसिया तारा ३८, क्रस खुकुरी तारा २, छाता २, भाले २, लौरो १, कम्प्युटर १, मादल १, आमा १, मतमा कायम रहँदा बदर ५८ रहेको छ ।

हेटौंडाको सिद्धार्थ माविमा मकवानपुरको प्रतिनिधिसभा अन्तर्गत क्षेत्र नम्बर १ र २ तथा चारवटै प्रदेशसभाको प्रत्यक्ष र संघको समानुपातिक मतगणना जारी छ ।