हेटौंडा, २० कात्तिक । मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेद्बार एकालाल श्रेष्ठले एमालेलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताउनुभएको छ ।

आइतबार हेटौंडा १२ र १३ मा भएको कार्यक्रममा बोल्दै उम्मेद्बार श्रेष्ठले एमालेले गरेका कामको उपलब्धि नै एमालेको जित्ने आधार भएको बताउनुभयो । जनताको हितमा उल्लेख्य काम गर्दै अघि बढेको एमालेको लोकप्रियताबाट आत्तिएर काङ्ग्रेस नेतृत्वमा केही दलको गठबन्धन भए पनि एमालेले त्यसको डटेर सामना गर्दै अगाडि बढेको बताउनुभयो । एमाले सरकारका काम र उपलब्धिलाई जनताले बिश्वास गरेर मत दिने श्रेष्ठको भनाई थियो ।

अहिले पनि विभिन्न पार्टी परित्याग गरि विकासप्रेमी जनता एमाले पार्टीमा समाहित हुने क्रम तीव्र बनेको भनाई व्यक्त गर्नुभयो। उहाँले एमालेले मुलुकको नेतृत्व गर्ने विषय मंसिर ४ को निर्वाचनबाट पूरा गर्दै स्थायी सरकार निर्माण हुने धारणा राख्नुभयो ।

राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर रहेको भन्दै यसलाई बलियो बनाउन एमालेको नेतृत्व सरकार आवश्यक रहेकोमा उहाँल जोड दिनुभयो ।