हेटौँडा, १६ कात्तिक । बाम लोकतान्त्रिक गठबन्धनको थाहा नगरपालिका अन्तरगत बिभिन्न वडामा संयुक्त चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । गठबन्धनको थाहा नगरस्तरीय प्रचारप्रसार समितिका सचिव तथा नेकपा माओबादी केन्द्र थाहा नगर सचिव लक्ष्मण बिष्टका अनुसार थाहा नगरपालिकाको वडा नं.३ मा राष्ट्रिय जनमोर्चाको थाहा नगर अध्यक्ष दिनेश बिष्टको संयोवकत्वमा ३७ सदस्यीय प्रचारप्रसार कमिटी गठन भएको छ ।

त्यस्तै वडा नं. ४ मा नेपाली कांग्रेस वडा सभापति श्रीकृष्ण के।सी।को संयोजकत्वमा ४१ सदस्यीय प्रचारप्रसार कमिटी गठन भएको छ । कमिटिको सहसंयोजकमा नेकपा माओबादी केन्द्रका वडा अध्यक्ष जमिन दियाली र नेकपा एकीकृत समाजबादीका घनश्याम बल रहेकाछन् ।

यसैगरी वडा नं. ५ मा नेकपा माओबादी केन्द्रका सुमन वाईवाको संयोजकत्वमा १९ सदस्यीय, वडा नं. ९ मा नेकपा माओबादी केन्द्रका नगर कमिटि सदस्य सञ्जय बलामी संयोजक र नेपाली कांग्रेसका सानु जिम्बा लामा सहसंयोजक रहनेगरी ५१ सदस्यीय प्रचारप्रसार कमिटी गठन भएको छ ।

साथै वडा नं. १० मा नेपाली कांग्रेस वडा सभापति कुल चन्द्र अर्यालको संयोजकत्वमा ३१ सदस्यीय प्रचारप्रसार कमिटी गठन भएको छ । कमिटिको सह संयोजकमा नेकपा माओबादीका रामकृष्ण गोपाली, सचिवमा एकीकृत समाजवादीका सिद्धि बहादुर घर्ती मगर रहेका छन् ।

वडा नं. ११ मा नेपाली कांग्रेस वडा सभापति सुमन गोलेको संयोजकत्वमा १३ सदस्यीय र १२ मा जयबहादुर स्याङ्तान संयोजक र राजु गोले सहसंयोजक रहनेगरी १३ सदस्यीय प्रचारप्रसार कमिटी गठन भएको छ ।
बाँकी रहेका वडाहरुमा यही कात्तिक १७ गते प्रचारप्रसार कमिटी गठन गठन हुने बाम लोकतान्त्रिक गठबन्धनको थाहा नगर निर्वाचन प्रचारप्रसार कमिटीका संयोजक प्रमोदकृष्ण जोशीले बताउनुभयो ।
जोशीका अनुसार वडा निर्वाचन प्रचारप्रसार कमिटीले निर्वाचन शिक्षा, प्रचारप्रसार लगायतको कार्य गर्नेछ ।