हेटौँडा, ७ कात्तिक । यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । तिहारलाई झिलिमिली उज्यालोको पर्वको रुपमा लिने हुँदा अन्य समय भन्दा धेरै विद्युत् खपत हुने गर्छ ।

यसैबिच यस पटकको तिहारमा बिजुली बत्तीको सहज आपूर्ति भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्मीपूजाको दिन आज बेलुका बिजुलीको व्यवस्थापनमा चाप नपर्ने बताउनुभयो ।

उहाँले ढुक्क भएर चारैतिर झिलिमिली पार्न पनि आग्रह गर्नुभएको छ । नेपालमा अहिले उत्पादन नै १८ सय मेगावाट आसपास रहेको र लक्ष्मी पूजामा मुस्किलले १३ सय मेगावाट माग हुने भएकोले व्यवस्थापनमा कुनै समस्या नहुने उहाँको भनाइ छ ।