हेटौँडा, २ कार्तिक । आईसीसी टी–२० विश्व कप क्रिकेटमा आयरल्यान्डले स्कटल्यान्डलाई हराएको छ । होबार्टमा भएको खेलमा आयरल्यान्डले स्कटल्यान्डलाई छ विकेटले हरायो ।

स्कटल्यान्डको दिएको एक सय ७७ रनको लक्ष्य आयरल्यान्डले छ बल बाँकी छँदै भेटायो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७६ रन बनाए ।

यो जितसँगै आयरल्यान्डले सुपर–१२ को सम्भावना कायमै राखेको छ । तालिकामा जिम्बावे शीर्ष स्थानमा छ । स्कटल्यान्ड र आयरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।