हेटौँडा, १४ असोज । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा मानवअधिकार रक्षकको संरक्षण र संवद्र्धनका सरोकारका विषयमा अन्तक्र्रिया कार्यक्रम भएको छ ।

बिहिबार हेटौँडामा आयोजित कार्यक्रममा सहभागिहरुले मानवअधिकार रक्षकहरुकै अधिकारको संरक्षण हुन नसकेको बताएका छन् । उनीहरुले राज्यले अझै पनि मानवअधिकारको संरक्षण गर्न नसकेको बताएका हुन् ।

अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकार मानवअधिकार संरक्षणमा गम्भिर हुनुपर्ने बताएका थिए । यसमा सबैभन्दा पहिले स्थानिय सरकार जिम्मेवार हुनुपर्ने उनीहरुको भनाई थियो ।

अझै पनि नागरिकले मानवअधिकारको प्रत्याभुति गर्न नपाउनु दुखद भएको सहभागिहरुले बताएका थिए । पिडितको पक्षमा आवाज उठाउँदा धम्कि आउने गरेको अधिकारकर्मीहरुले बताएका थिए ।

नेपाल पत्रकार महासंग बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टको अध्यक्षता एवम् गैरसरकारी संस्था महासंघ केन्द्रिय सदस्य बुद्धशरण लामाको आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मानवअधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि तथा संचारकर्मीको सहभागिता रहेको थियो ।