हेटौँडा, ६ असोज । मकवानपुरको भीमफेदीमा आज दिउँसो बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा बस दुर्घटना भएको हो ।

काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्वरको यात्रुबाहक बस भीमफेदी–६ जुरिखेतको ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परेर दर्जनौ यात्रु घाइते भएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।