हेटौँडा, ६ असोज । ग्रामिण महिला सेवा केन्दको अध्यक्षमा शुलोचना स्याङ्तान चयन हुुनभएको छ ।

ग्रामिण महिला सेवा केन्द्र सहकारीको माध्यमबाट महिलाको आर्थिक, सामाजिक एवम् चौतर्फि विकास गर्ने उद्यश्यले स्थापना भएको एक गैरसरकारी संस्था हो ।

यस संस्थाले स्थापना देखिनै महिलाहरुको क्षमता अभिवृद्धि गर्ने, आयआर्जनमा सघाउने काम गर्दै आएको छ । यसका साथै बालबालिका, युवा स्वरोजगारको क्षेत्रमा पनि संस्थाले काम गर्ने अध्यक्ष स्याङतानको भनाई छ ।

शक्तिखवरसँग कुराकानी गर्दै अध्यक्ष स्याङतानले महिलामाथि हुने हिंसाको स्वरुप बदलिएको बताउनुभयो । उहाँले महिला हिंसाको स्वरुप बदलिएको तर, हिंसामा भने कमी आउन नसकेको उल्लेख गर्नुभयो ।

पछिल्लो समय महिलाहरु आर्थिक, सामाजिक एवम् राजनितिक विकास भएपनि उल्लेखनिय सहभागिता अझै हुन नसकेको जिकिर गर्नुभयो ।

अध्यक्ष स्याङ्तानले आफ्नो कार्यकालमा संस्थाले गरिरहेको काम, कर्तव्यलाई निरन्तरता दिने र समाज रुपान्तरणमा महिलाको सहभागिता बढाउन आवाज उठाउने बताउनुभयो । निति निर्माण तहमा महिलाको नेतृत्व हुन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।