हेटौँडा, ५ असोज । थाहा नगरपालिका-५ बाट अबैध रुपमा कमेरो माटो उत्खनन गर्दै मधेस प्रदेशको जितपुर सिमरामा पुर्याउने कार्य केही दिन यता चलेपछि थाहा नगरपालिकाले उक्त कार्य बन्द गरि कानुनी प्रक्रिया पुर्यायर आउनु भनी सूचना प्रकाशित गरेपनी सुचना लाई अटेर गर्दै अहिले राती राती दामन बाट माटो लिन भारी मात्रामा टिफर छिरेको छ । केही समय सिमभन्ज्याङमा तीन वटा टिफर रोकेर राखेपनी अहिले छोडियको जानकारी आएको छ ।

स्थानीय हरु भारिमात्रामा १० चक्के टिफर चल्दा कृषि सडक बिग्रनेले चिन्तित छन थाहा ५ खर्कका स्थानीयका अनुसार टिफरले बाटो खत्तम बनाइसकेकोले तरकारी ढुवानीमा समस्या पर्ने बताउदै माटो ब्यापारीको यस्तो हर्कतले दुख लागेको बताउछन् ।

केही समय अगाडि समातेर राखेको टिफर माथिको आदेश आएपछि छोडियको सिमभन्ज्याङ्ग प्रहरी चौकिका असइ ले बताए।उनले थाहा नगरको के निर्णय हो मलाई थाहा छैन ,माथिबाट आदेस आएपछि टिफर छोडियको बताए ।

वडा अध्यक्षले नगरपालिकाको सूचना लाई अवज्ञा गर्दै राती राती १७ वटा टिफर छिराएको जानकारी प्राप्त भएको छ । हिजो मात्रै नगरपालिकामा भएको छलफलले कानुनी प्रक्रिया पुर्याएपछी मात्र माटो उठाउने सहमती भएको थियो लगत्तै थाहा नगरले पनि नगर भित्र संचालनमा रहेका,नरहेका सबैलाइ प्रक्रिया पुर्याएर आउन तथा तेतिन्जेलसम्म उत्खनन रोक्न सबै वडा कार्यालय लाई पत्र पठाएको थियो।तर नगरको सुचना लाई अटेर गर्दै चोर सैलिमा राती राती कमेरो माटो निकासी भैरहेको छ । प्रहरीले पनि माथिको आदेश भन्दै टिफर छाडेपछी यो माटोमा ठुलै माछाको चलखेल रहेको अनुमान लगाउन सकिने स्थानीय एक नेताले बताए ।