हेटौँडा, ५ असोज । पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरि राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लङ्घन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।

बुधवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभा विघटन गरेर पहिलो चोटि संविधान उल्लङ्घन गर्नुभएकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फेरि संविधान उल्लङ्घन गरेको भन्दै आपत्ति जनाउनुभयो ।

दोस्रो पटक पनि सङ्घीय संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको उहाँले बताउनुभयो ।