हेटौँडा, १ असोज । साहित्यकार छवि अनित्यको पृष्ठभूमि शिक्षण पेशा हो । शिक्षक, शिक्षालय व्यवस्थापनको भूमिकाबाट विश्राम लिएका छविले शिक्षकले कस्तो भाषा प्रयोग गर्ने भनेर पुस्तक नै लेख्नु भएको छ ।

पुस्तक ‘शिक्षकको भाषा’ शनिबार हेटौँडामा विमोचन गरिएको छ । आफ्ना गुरूहरु र हेटौँडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले पुस्तक विमोचन गर्नु भयो ।

पुस्तक आकृति क्रियसनले बजारमा ल्याएको हो ।