हेटौँडा, २० भदौ । मकवानपुरमा वाम लोकतान्त्रिक गठबन्धनका शीर्ष नेता डेङ्गु संक्रमित भएर अस्पताल नै भर्ना भएका छन् ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्रका मकवानपुर संयोजक सर्केस घलान र नेकपा (एकीकृत समाजवादी) मकवानपुरका सचिव विष्णु दाहाललाई डेङ्गु भएको हो । दाहाल साताअघि नै संक्रमित भएर हेटौँडामा उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ भने लामा र घलान सहकारी अस्पतालमा उपचाररत हुनुहुन्छ । नेताहरुलाई अस्पताल पुगेर पार्टी नेता, कार्यकर्ता, शुभचिन्तकले स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

हेटौँडामा डेङ्गुको संक्रमण बढेर हेटौँडा उपमहानगरपालिकाले चारदिने सचेतना अभियान नै चलाउनु परेको छ भने केहीलाई दोहोरिएर संक्रमणसमेत भेटिएको छ ।

अस्पतालको बेडमा उपचाररत विष्णु दाहाल, अस्पताल बेडमै भेट्न आउनेसँग कुराकानी गरिरहेका बुद्ध लामा (बाया) र सर्केस घलान ।