हेटौँडा, १० साउन । तपाईं आफ्ना ससाना छोराछोरीलाई बिहान स्कुल, बोर्डिङ पठाउन हतारिनुहुन्छ । साँझ लिन जान या बसबाट कतिखेर नानीबाबु ओर्लन्छन् भनेर चोकमा कुरेर बस्नुहुन्छ, साँझ होमवर्क गराउनु हुन्छ । आम अभिभावकको नानीबाबुलाई गुणस्तरीय शिक्षाका नाममा हुने चिन्ता यति नै देखिन्छ ।

तर, हेटौँडामै यस्तो पनि बोर्डिङ स्कुल छ, जहाँ पाठ्यक्रमका अलावा कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि हरेक हप्ता थप चार वटा पुस्तक पढ्नु पर्छ । त्यो पनि दुई वटा अँग्रेजी र दुई वटा नेपाली । साहित्य या अरु कुनै ज्ञानवद्र्धक पुस्तक अध्ययन गरेर पढेको कुरा साथीभाईलाई शेयर गर्न स्कुलले कार्यक्रम नै राख्छ ‘बुक टक ।’ हो, हेटौँडाको नवोदय शिशु सदनले आफ्ना विद्यार्थीलाई पढाइका अलावा अतिरिक्त क्रियाकलापक्रममा वर्षमा १ सय ५० पुस्तक पढ्न पर्ने व्यवस्था गरेको शिक्षिका जमुना थापाले बताउनु भयो । यसले उनीहरुका अध्ययन र पाठ्यक्रमबाहिरको विषयबस्तुबारे पनि ज्ञान बढाएको पाइएको छ ।

कार्यक्रममा लेखक तथा पत्रकार रामकुमार एलनले बालबालिकामा पुस्तक पढ्ने बानीले अध्ययनको विकास, भाषिक स्पष्टता र व्यवहार परिवर्तन हुने बताउनु भयो ।

हेर्नुहोस् भिडियोः