हेटौँडा, ९ साउन । पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् ।

४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, एकजनाको कोरोनाको संक्रमणका कारण मृत्युसमेत भएको छ । नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३५३४ पुगेको छ । यस्तै सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन् ।