हेटौँडा, २४ वैशाख । शुक्रबार मात्र तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको यात्रा त्यागेर स्वतन्त्र हुनुभएका नेता मधु अधिकारी शनिबार वाम लोकतान्त्रिक गठबन्धनका पक्षमा खुल्नु भएको छ ।

शनिबार हेटौँडा–४ को वाम लोकतान्त्रिक गठबन्धनको कोणसभाका एक मात्र वक्ताका रुपमा मधु अधिकारी देखिनु भयो । उहाँले भन्नुभयो, ‘२० वर्ष हेटौँडामा केही नगरेको एमालेलाई यसपटक हराइदिनुहोस्, गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले जित्न जरुरी छ ।’

अधिकारीको तर्क थियो, ‘संसद विघटन गर्ने, राष्ट्र विघटनको प्रयास गर्ने एमालेको बदमासीविरुद्ध गठबन्धन जरुरी भएको हो, यो गठबन्धन एकाध मेयर उपमेयर र वडाध्यक्ष बाँड्न बनाइएको होइन ।’

अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेटौँडामा मेयरका उम्मेदवार दीपक बहादुर सिंहलाई पनि कटाक्ष गर्नु भयो । उहाँले भन्नुभयो, ‘पार्टी बनाउन म लागेँ, अवसर लिनेहरु फेरि सामन्तवादकै अनुहार दोहोरिए ।’ उहाँले राप्रपाले हेटौँडामा उठाएका मुद्दा २० वर्ष पुरानो भएको र अहिले हेटौँडा बदलिएको राप्रपाले थाहै नपाएको बताउनु भयो ।

हेर्नुहोस् भिडियोः