हेटौँडा, २१ वैशाख । राजनीतिमा युवापुस्ताको मोह बढिरहेको अवस्थामा हेटौँडाका युवा व्यवसायी सम्राट बहादुर सिंह पनि व्यवसायसँगै राजनीतिमा पनि सफल हुने ध्येयका साथ सक्रिय बन्नु भएको छ ।

देशैभर स्थानीय तहको गर्मागर्मी चलिरहेको अवस्थामा हेटौँडा उपमहानगरपालिकामा पिता, मकवानपुरका चर्चित नेता दीपक बहादुर सिंहलाई मैदानमा मेयरमा उतारेर आफू पनि राजनीतिमा सक्रिय हुनु भएको हो ।

२०४८ सालमा जन्मनु भएका सिंह मकवानपुरका युवापुस्तामा परिचित अनुहार हुन् । पिताको राजनीतिक बिरासत जोगाउन व्यवसायसँगै राजनीतिमा होमिएका सिंह नेपालका उच्चतहका नेताहरुको नजरमा समेत परिसकेका युवा नेताका रुपमा परिचय बनाइसक्नु भएको छ ।

गरिब दीनदुःखीको सहारा सम्राटले बि टेक मेकानिकल इन्जिनियरिङ गर्नु भएको छ भने सफल उद्योगीका रुपमा समेत स्थापित हुनुहुन्छ ।

३० वर्षको उमेरमै सफल उद्योगी सम्राट राजनीतिमा युवालाई सहभागिता गराएर युवाले पनि केही गर्न सक्छ भनेर देखाउन राजनीतिमा होमिएको बताउनु हुन्छ । मकवानपुरमा निकै कमजोर अवस्थामा रहेको राप्रपालाई सम्राटलगायतका युवाको टिमले मकवानपुरमा ठूलो शक्तिका रुपमा चिनाउन सफल भएको छ ।

स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरमा पिता दीपक बहादुर सिंह उम्मेदवार भएपछि राप्रपा मकवानपुरमा निर्णायक भूमिकामा रही पार्टीलाई उचाइमा ल्याउन सफल सम्राट मकवानपुरका जनताका रोजाइमा परेका युवा नेता हुनुहुन्छ ।

मकवानपुरमा २ वटा उद्योग सन्चालन गरी सफल उद्योगी सम्राटले २ सय जनालाई रोजगारीसमेत दिनु भएको छ । मकवानपुरमा गतवर्ष सबैभन्दा बढी कर तिरेबापत उत्कृष्ट करदाताका रुपमा सम्मानसमेत पाइसक्नु भएका सम्राट कमाउन राजनीती गर्नेहरुबाट देश अघि बढ्न नसक्ने बताउँदै देशलाई केही दिन राजनीतिमा होमिएको उल्लेख गर्नुहुन्छ ।

‘एक सफल व्यवसायी मात्र नभइ सफल इन्जिनियर पनि हुँ,’ उहाँले भन्नुभयो, ‘काम गर्न सक्ने क्षमता छ । युवा राजनीतिमा आउनु पर्छ र देशलाई केही गर्न सक्नु पर्छ भन्ने सोच सबैमा भए देशले काँचुली फेर्ने छ ।’ स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाका मतदाताले विकल्प खोजेको र दिपक बहादुर सिंह नै विकल्प भएको सम्राटको जिकिर छ ।