हेटौँडा, ८ माघ । पछिल्लो समय ‘ओभरलोड’ बोक्ने ट्रिपरमाथि मकवानपुर प्रहरीले कडाई गर्न थालेको छ । प्रहरीको सक्रियता बढेपछि ‘ओभरलोड’ बोक्ने ट्रिपर कारवाहिमा पर्न थालेका छन् ।
मकवानपुरमा शनिबार ‘ओभरलोड’ बोक्ने १०२ वटा ट्रिपर कारबाहीमा परेका छन् ।
क्षमता भन्दा बढी ‘ओभरलोड’ बोक्ने १०२ वटा ट्रिपरलाई जरिवाना तिराउने, बढि रहेको लोडलाई खसाल्ने लगाएत काम गरेको मकवानपुरले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११, १५,मनहरी गाउँपालिकाको वडा नम्बर ६, ७ र भिमफेँदी गाउँपालिका वडा नम्बर १ लगाएत स्थानमा सुरक्षाजाँच गर्ने क्रममा ओभरलोड बोक्ने ट्रिपरलाई कारवाही गरेको हो ।
यस अघि हिजो प्रहरीले ९७ वटा ट्रिपरलाई कारवाहि गरेको थियो ।
ओभरलोडको विषयमा संचारमाध्यमहरुले पटक–पटक खवरदारी गरेपछि प्रहरीले ट्रिपरमाथि निगरानी बढाएको हो ।
यो पनि पढ्नुहोस् ।
‘ओभरलोड’ बोक्ने ९७ वटा ट्रिपर कारबाहीमा