हेटौँडा, ८ माघ । सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

ना ७ ख ८३०० नम्बरको टिपरले बा ८४ प ५९०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका हरिवन नगरपालिका–५, का ३५ वर्षका सुनिल बम्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही र रौतहटको सिमाना वाग्मती नदी पुलमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका बम्जनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको र टिपर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।