हेटौँडा, ७ माघ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले माघ ९ बाट १४ गतेसम्म अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने जनाएको छ ।

कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराउनु भएको हो ।

विज्ञप्तिमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको जनइएको छ । कार्यलयबाट प्रवाह हुने शान्ति सुरक्षा, विपद्, मुद्धा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा नियमित रहने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा दारी विज्ञप्ति