हेटौँडा, ७ माघ । मकवानपुर प्रहरीले ‘ओभरलोड’ बोक्ने ९७ वटा ट्रिपरलाई कारबाही गरेको छ । क्षमता भन्दा बढी ‘ओभरलोड’ गर्ने ९७ वटा टिपरलाई प्रहरीले जरिवाना तिराउने, बढि रहेको लोडलाई खसाल्ने लगाएत काम गरेको हो ।
कारबाहीबाट प्रहरीले ४३ हजार राजश्व संकलन गरेको छ भने ४५ वटा राजश्व तिर्न नसकेका ट्रिपरको कागजात प्रहरीले नियन्त्रणमा लिएर भोलीसम्म जरिवाना तिर्ने सर्तमा छाडेको मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।
प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–११, मनहरी–६ र हेटौंडा–१ स्थित तिर्तिरेधारामा सुरक्षाजाँच गर्ने क्रममा ओभरलोड बोक्ने ट्रिपरलाई कारवाही गरेको हो ।
ओभरलोडको विषयमा संचारमाध्यमहरुले पटक–पटक खवरदारी गरेपछि प्रहरीले आज ट्रिपरलाई कारवाहि गरेको हो ।