हेटौँडा, ७ माघ । मकवानपुरको थाहा नगरपालिकास्थित सिमभञ्याङ र दामन क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
त्रिभुवनराजपथ बन्द हुँदा यस सडक भएर ओहोरदोहोर गर्ने सवारी साधनहरु रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार गएराति भएको हिमपातले त्रिभुवन राजपथ अन्तर्गत सिमभञ्याङ/दामन सडक बन्द भएको हो ।
सिमभञ्याङ र दामन क्षेत्रमा यस वर्षको दोस्रो पटक हिमपात भएको हो । यसअघि पुस १४ गते यस क्षेत्रमा बाक्लो हिमपात भएको थियो ।