हेटौँडा, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । उहाँले अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्वोधन गर्न लाग्नु भएको हो ।
सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्न लाग्नु भएको हो । सम्बोधनका क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उहाँको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो पटक गत असार २९ गते प्रधानमन्त्री बन्नु भएको थियो ।