हाम्रो प्रतिवद्धता
नमस्कार । शक्तिसमाचार डटकममा तपाईंलाई स्वागत छ ।
शक्तिसमाचार डटकम नेपाली र अंग्रेजी भाषाको इन्टरनेट पत्रिका हो । यो विश्वभरका नेपाली र नेपालबारे जान्न चाहने संसारका मानवजातिमा समर्पित छ । समयमा सही सूचना दिने हाम्रो प्रयास हुनेछ ।
यो परिवर्तन, यो छलाङ, यो फड्को यतिकै मारिएको होइन । यसमा नेपाली जनताको लामो समय संघर्ष, त्याग र बलिदान छ । संघीय लोकतान्त्रिक गणतन्त्रको अबको बाटो पनि उस्तै चुनौतीपूर्ण छ । पछाडि फर्कन सक्दैनौँ, अगाडिको यात्रामा बाटोका तगारो पन्छाएर वैज्ञानिक समाजवादको आधार तयार पार्नुछ । यसका लागि राज्यलाई हामी सहयोग गर्नेछौँ । हामी परिवर्तनका पक्षमा मात्र छैनौँ, रक्षाकवच भएर उभिनेछौँ । नेपाल र नेपालीको भलो, हितका खातिर हाम्रो खबरदारी र साझेदारी रहने छ ।
राष्ट्र, राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, समृद्ध नेपाल: सुखी नेपालीका लागि अधिकार, सुशासन, प्रेस स्वतन्त्रताको मोर्चाबाट हामी अखण्डता, अक्षुण्णता, पक्षधर हुँदै क्षेत्रीय, जातीय र धार्मिक सद्भाव कायम राख्दै सञ्चारकर्म गरिरहने छौँ ।
राजनीतिक, सामाजिक र आर्थिक कोणबाट सूचना, विचार, समाचार दिइरहनेछौँ । समदृष्टि, दूरदृष्टि, देशदृष्टिका लागि प्रगतिशील दृष्टिकोण हाम्रो पाठ्यक्रम
हुनेछ ।
विश्वभरका नेपालीका लागि ताजा समाचार, सूचना, विचार दिँदै प्रविधिको फड्को पच्छ्याउने प्रयास रहनेछ ।
सुशासन र समाजवादको आधार : जनमुखी सञ्चार हाम्रो मूलमन्त्र हुनेछ ।
समाचारलाई विज्ञापन र विज्ञापनलाई समाचार बनाउने छैनौँ ।
सामाजिक उत्तरदायित्व भुल्ने छैनौँ ।
पीडकलाई कारबाही र पीडितलाई न्यायका लागि वकालत गरिरहने छौँ । पीडितको हुलिया सार्वजनिक गर्ने छैनौँ । पीडकका बारे सामग्री तयार पार्दा निजको पुस्ता र नातागोतालाई जोड्ने छैनौँ ।
प्रमाणविनाका सामग्री पस्केर उत्तेजना, भ्रम फैलाउने छैनौँ । हाम्रा पक्षमा जुलुश, नाराबाजी, बन्द गराउने, सामाजिक सञ्जालमा आगामी मेयर, अध्यक्ष, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिका पगरी गुथाउने जमात तयार पार्ने छैनौँ ।
व्यक्ति उचालेर स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, सुरक्षा निकाय, संवैधानिक आयोग, कुनै दलविरुद्ध सम्प्रेषण गर्ने छैनौँ ।
कुनै पनि प्रलोभनमा पर्ने छैनौँ, प्रलोभनमा पारेर टे«न्डिङमा आउने सञ्चार सामग्री बनाउने छैनौँ ।
किनभने हामीलाई बोध छ कि, जनताको नजरमा पत्रकारिताप्रति विश्वास गुम्दै गएको छ । त्यो खाडल पुर्दै फेरि पनि जनताको सुखदुःखको सहयात्री हुँदै स्थापित सञ्चार गृह बन्ने हाम्रो सत्प्रयास जारी राख्नु छ ।
दोहो¥याइरहन्छौँ: आवाजविहीनको आवाज हुनेछौँ, यो कर्म निशुल्क हुनेछ ।
राम्रो काममा सधैँ साझेदार हौँ–हुनेछौँ । नराम्रो काम गर्ने जोसुकैको खबरदारी गरिरहने दायित्वबाट च्युत हुने छैनौँ ।
र, अन्त्यमा
हाम्रा सामग्रीहरु हामीले हाम्रो आधिकारिक च्यानलबाट जनतामा वितरण गरेका हौँ । यसका लागि राज्यसँग अनुमति लिएका छौँ । कर तिरेका छौँ । कर्मचारी राखेका छौँ । सूचना, समाचार, सामग्री निर्माणका लागि तत्तत् तहलाई लगानी गरेका छौँ । सबै सामग्रीमा बागमती पब्लिकेशनमा सर्वाधिकार सुरक्षित रहनेछ । अनुमति, स्वीकृति, जानबारी बेगर कुनै पनि सामग्री अर्को च्यानलमार्फत प्रसार, प्रकाशन, सम्प्रेषण गर्नु भए नेपालको कानुन, अन्तर्राष्ट्रिय कपिराइट कानुन तथा यो प्रकरणमा आकर्षित हुने कुनै पनि कानुनबमोजिम कारबाहीको भागिदार बनाउने छौँ । जानकारी थिएन, भूल भयो नभन्नुहोला । यो कर्म माफीलायक हुनै सक्दैन ।
तपाईं स्तन्त्र हुनुहुन्छ तर सामाजिक उत्तरदायित्व र मर्यादाका सीमा पनि छन् । हामीलाई यस्तो पढाउन, सिकाउन फुर्सद पनि छैन अनि हाम्रो यो उद्देश्य पनि होइन । त्यसैले हाम्रो नियम र शर्त मञ्जुर छैन भने वेबसाइट एक्सेस, प्रयोग तथा निजी कुरा पठाउने कष्ट नगर्नुहोला । फेरि पनि हामी अनुशासित नागरिक समाज निर्माणको बाटोमा छौँ । र, हामी भनिरहने छौँ : जनता जिन्दावाद ।
धन्यवाद् । नमस्कार ।
रामकुमार एलन
अध्यक्ष, समूह प्रधान सम्पादक