हेटौँडा,१७ मंसिर । नेपाल भलिबल संघले २१ देखी २९ डिसेम्बरसम्म बंगलादेशमा हुने तय भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताका लागि १५ सदसिय नेपाली टीमको छनोट गरेको छ। साविक च्याम्पियन नेपाल फेरि एकपटक च्याम्पियन बन्ने ध्याउनमा रहेको छ।

जगदिश भट्टको प्रशिक्षणमा बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीले २० सदसियबाट ५ जनलाई बाहिर राख्दै १५ सदसीय टोलीको घोषणा गरेको छ। अब अर्को साता थप ३ जनालाई बाहिर राख्दै अन्तिम टोलिको घोषणा हुने जनाइएको छ।

शनिबार घोषित टोलीमा यसअघिको २० सदस्यीय टोलीबाट रेश्मा भण्डारी सहित, उषा विष्ट, जानकी भण्डारी, पुनम चन्द र शान्तिकला तामाङ बाहिरिएका छन्। रेश्मा लामो समयदेखि राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेपनि पछिल्लो समय फर्म बाहिर रहँदै आएककि थिइन्। एपिएफ क्लबबाट समेत उनले गतिलो प्रदर्शन गर्न सकिरहेकी थिइनन्।

त्यस्तै ब्लकर उषा विष्ट र लिबेरो शान्तिकला तामाङ पनि चोटसंग संघर्षरत रहेका थिए। त्यस्तै अघिल्लो संस्करण तथा साग भलिबल टोलीमा रहेका जानकी भण्डारी र पुनम चन्दपनि यो पटक शिर्ष २० बाट बाहिरिए। नेपाल साविक च्याम्पियन पनि हो। पुरुष तर्फ पनि यो प्रतियोगिताको तयारीमा नेपाली टीम रहेको छ।

१५ सदस्यीय नेपाली टोली

प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, अरुणा शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, सरस्वती जैशी, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, कविता भट्ट, मनिषा कुमारी चौधरी रहेका छन् ।