हेटौँडा,१७ मंसिर । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तेश्रो चरणको दोश्रो दिन आज दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब भिड्नेछन् । मनाङ मर्स्याङ्दी क्लबर संकटा क्लबको खेल दिउँसो १ बजेबाट शुरु हुनेछ ।

आठ पटकको किर्तिमानी च्याम्पियन मनाङविरुद्ध मैदानमा ओर्लिदा संकटा आज दोस्रो जितको खोजीमा हुनेछ । अपराजित मनाङ भने संकटालाई हराउँदै लगातार तेस्रो जित दर्ता गर्न चाहन्छ ।

२ खेलबाट ४ अंक जोडेको संकटा पाँचौं स्थानमा भने दुवै खेलमा जित निकाल्न सफल मनाङ ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
मनाङलाई आजको खेल जित्दै शिर्ष स्थानमा उक्लिने मौका समेत रहेको छ ।

दिनको दोस्रो खेलमा आज च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।
च्यासल र एनआरटीबीचको खेल साँझ पौने ५ बजेबाट शुरु हुनेछ । एनआरटीविरुद्ध मैदानमा उत्रदा च्यासल दोस्रो जितको खोजिमा हुनेछ भने एनआरटी आफ्नो पहिलो जित दर्ता गर्ने दाउमा हुनेछ ।
यस अघिका दुई खेलमा १ जित र एक हार च्यासल ३ अंकका साथ आठौं स्थानमा रहेको छ ।
समान खेलबाट १ अंक जोडेको एनआरटी लिग लातिकाको १२ औं स्थानमा रहेको छ ।